पानीको बोटलमा लामखुट्टे भेटियो, महानगरले कम्पनीलाई तिरायो एक लाख जरिवाना

बिजमाण्डू
२०८० मंसिर १२ गते ०७:१० | Nov 28, 2023
पानीको बोटलमा लामखुट्टे भेटियो, महानगरले कम्पनीलाई तिरायो एक लाख जरिवाना

काठमाडौं । काठमाडौंको कागेश्वर मनोहरामा रहेको ए एन्ड बी वेभरेज इन्डस्ट्रिज प्रालिलाई काठमाडौं महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना तिराएको छ।

Tata
GBIME

उक्त कम्पनीले उत्पादन गरेको सिल लगाएको पानीको बोतलभित्र किरा भेटिएपछि महानगरपालिकाले एक लाख जरिवाना तिराएको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।

उनले भने, ‘उक्त कम्पनीले उत्पादन गरेको पानीको बोतलमा लामखुट्टे भेटिएपछि प्रहरी कहाँ उजुरी परेको थियो। आज छानबिन गरेर महानगरपालिकाले जरिवाना तिराएको हो।’

महानगरले उक्त कम्पनीलाई पानीको प्रशोधन र प्याकिङमा ध्यान दिन र बेलाबेला मेसिन पनि परीक्षण गराउन निर्देशन दिएको प्रवक्ता मानन्धरले बताए।