रंगशालामा एनएसएलको उमंग, दृश्यमा सांगीतिक कार्यक्रमदेखि काठमाडौं भर्सेस इलाम

प्रवीण रानाभाट
२०८० मंसिर ८ गते २१:३८ | Nov 24, 2023
रंगशालामा एनएसएलको उमंग, दृश्यमा सांगीतिक कार्यक्रमदेखि काठमाडौं भर्सेस इलाम

काठमाडौं । आजबाट नेपाल सुपर लिगको दोस्रो संस्करण सुरु भयो। दशरथ रंगशालामा आज काठमाडौं रेजर्स र स्पोर्टिङ इलाम डी मेचीबीच पहिलो खेल सम्पन्न भयो।

Tata
GBIME
Nepal Life

दोस्रो संस्करणको उद्घाटन खेलमा नवप्रवेशी टोली स्पोर्टिङ इलाम डी मेचीलाई १-० गोलअन्तरले हराउँदै काठमाडौंले विजयी सुरुवात गरेको छ।

नेपाल स्पोर्ट्स म्यानेजमेन्टको आयोजनामा भएको एनएसएलको यो संस्करणको खेल सुरु हुनुअघि सांगीतिक कार्यक्रम आयोजना गरिएको थियो।

मैदानमा नै ट्वीनी गर्ल्स (प्रिज्मा र प्रिन्सी खतिवडा) ले नृत्य प्रस्तुत गरेका थिए भने वाङ्देन लामा र सुशान्त केसीको सांगीतिक प्रस्तुति थियो।

पहिलो खेलको उद्घाटन उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले रेफ्रीलाई फुटबल दिएर गरेका थिए।