टिकटक प्रतिबन्ध मुद्दामा मंसिर १९ देखि अन्तिम सुनुवाइ, १५ गतेसम्म लिखित जवाफ पेसको आदेश

बिजमाण्डू
२०८० मंसिर ५ गते २१:३१ | Nov 21, 2023
टिकटक प्रतिबन्ध मुद्दामा मंसिर १९ देखि अन्तिम सुनुवाइ, १५ गतेसम्म लिखित जवाफ पेसको आदेश


काठमाडौं। सर्वोच्च अदालतले टिकटक प्रतिबन्धविरुद्धका मुद्धाको अन्तिम सुनुवाइ मंसिर १९ गतेदेखि गर्ने भएको छ।

Tata
GBIME

सर्वोच्चमा सूचना अधिकारी गोविन्द घिमिरेले मंसिर १९ गतेबाट अन्तिम सुनुवाइका लागि आदेश भएको जानकारी दिए। मंसिर १५ गतेसम्म प्रतिवादीलाई लिखित जवाफको समय तोकिएको पनि घिमिरेले बताए। लिखित आदेश भने बुधबारमात्र जारी हुने उनले बताए।

न्यायाधीश विनोद शर्माको एकल इजलासले लिखित जवाफको समय तोकेर अन्तिम सुनुवाइको मिति तोकेको हो। सो अवधिसम्म भने सरकारले गरेको निर्णय कार्यान्वयन यथावत रहने छ।

शर्माको इजलासले तत्काल निर्णयका कार्यान्वयनका लागि अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ।

सामाजिक सद्भाव बिथोल्ने गतिविधि भएको भन्दै सरकारले कात्तिक २७ गतेको मन्त्रिपरिषदको बैडकबाट टिकट प्रतिबन्धको निर्णय भएको थियो।