कुमारी बैंकको ‘गज्जबको बचत’ खाता: साढे ७ प्रतिशत ब्याजसहित स्वास्थ्य बीमा पनि 

बिजमाण्डू
२०८० मंसिर ५ गते १८:२८ | Nov 21, 2023
कुमारी बैंकको ‘गज्जबको बचत’ खाता: साढे ७ प्रतिशत ब्याजसहित स्वास्थ्य बीमा पनि 


काठमाडौं। कुमारी बैंकले उच्च ब्याजदरका साथै स्वास्थ्य बीमा सुविधा सहितकोे परिमार्जित बचत खाता योजना ल्याएको छ।

Tata
GBIME
NLIC

‘गज्जबको बचत खाता’ योजना नामको योजना बैंकले ल्याएको हो। न्यूनतम मौज्दात एक हजार रुपैयाँ रहेको खातामा बैंकले सर्वाधिक उच्च  ब्याजदर ७.५ प्रतिशत प्रदान गर्ने छ।

२० हजार रुपैयाँसम्मको स्वास्थ्य बीमा सुविधा पनि उपलब्ध छ। यसबाहेक निःशुल्क क्रेडिट/डेबिट कार्डसमेत उपलब्ध गराउने विज्ञप्तिमा उल्लेख छ। 

बीमा योजनामा १६ देखि ६५ वर्ष उमेर समूहका खातावालाले २० हजार रुपैयाँसम्मको स्वास्थ्य बीमा प्राप्त गर्न सक्नेछन्। यस योजनाको बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ।

बैंकका देशभर ३०९ शाखा सञ्जाल, ३१५ एटीएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखारहित बैंकिङ इकाईहरु छन्।