देशभर पश्चिमी वायुको आंशिक प्रभाव, यस्तो छ आजको मौसम पूर्वानुमान

बिजमाण्डू
२०८० मंसिर ५ गते ०६:४० | Nov 21, 2023
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, यस्तो छ आजको मौसम पूर्वानुमान


काठमाडौं । आज बिहान देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ र पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Tata
GBIME

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै, आज राती लुम्बिनी प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही देशको बाँकी भू-भागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।