चिकित्सा शिक्षाको गुणस्तर बढाउनका लागि नियमन बढाउन आयोगलाई प्रधानमन्त्रीको निर्देशन

बिजमाण्डू
२०८० मंसिर ४ गते १४:५६ | Nov 20, 2023
चिकित्सा शिक्षाको गुणस्तर बढाउनका लागि नियमन बढाउन आयोगलाई प्रधानमन्त्रीको निर्देशन
चिकित्सा शिक्षा आयोगको बैठक। तस्वीर: प्रधानमन्त्रीको सचिवालय

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा चिकित्सा शिक्षाको गुणस्तरमा ध्यान दिन चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिएका छन्।

Tata
GBIME
NLIC

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको आयोगको १२ औं बैठकमा उनले बिरामीको उपचारसँग प्रत्यक्ष जोडिएकाले चिकित्सा शिक्षाको स्तरलाई प्राथमिकता दिएर काम गर्न निर्देशन दिएका हुन्।

‘चिकित्सा शिक्षा जस्तो महत्वपूर्ण र संवेदनशील विषयमा नियमनकारी निकायका रुपमा आयोग गम्भीर हुनुपर्छ,’ उनले भने, ‘गुणस्तरको विषयमा आयोगले कुनै सम्झौता गर्नु हुँदैन।’

उनले देशको स्वास्थ्य सेवा प्रवाह चिकित्सा शिक्षासँग जोडिएकाले नियमन प्रभावकारी बनाउन पनि आयोगलाई निर्देशन दिए।

‘मुलुकका लागि आवश्यक गुणस्तरीय चिकित्सा जनशक्ति उत्पादनमा कोसेढुंगा सावित हुनेगरी आयोगले काम गर्ने विश्‍वास छ,’ उनले भने। उनले आगामी दिनमा स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने जनशक्तिको आकलनका आधारमा अध्ययनको अवसर वृद्धि गर्नुपर्ने पनि बताए।

आयोगले यसअघि नै स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने जनशक्तिको आकलन गरिसकेको छ।