सूर्य नेपाल गल्फको नयाँ सिजन आजबाट, पुरस्कारको राशि ५ प्रतिशतले बढेर ६४ लाखमाथि पुग्यो

बिजमाण्डू
२०८० मंसिर ४ गते ०९:०२ | Nov 20, 2023
सूर्य नेपाल गल्फको नयाँ सिजन आजबाट, पुरस्कारको राशि ५ प्रतिशतले बढेर ६४ लाखमाथि पुग्यो

काठमाडौं। सूर्य नेपाल गल्फ टूरको २०२३/२४ को सिजन सोमबारदेखि सुरु हुँदैछ। यो सिजनका लागि कुल ६४ लाख ३६ हजार रुपैयाँ पुरस्कार छ। अघिल्लो सिजनको भन्दा पुरस्कार रकममा ५ प्रतिशतले वृद्धि गरिएको प्रोफेसनल गल्फर एसोसिएसनले जनाएको छ।

Tata
GBIME
NLIC

गोकर्ण गल्फ क्लबमा आगामी बिहीबारसम्म ओपनिङ इभेन्ट हुनेछ। यसको पुरस्कार रकम ८ लाख ४० हजार छ।

यो इभेन्टको विजेताले १ लाख ४५ हजार, रनरअपले ९४ हजार र तेस्रो हुने खेलाडीले ७० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

शीर्ष २१ सम्म रहने खेलाडीले प्राइज मनी प्राप्त गर्नेछन्। प्रतियोगितामा नेपाल नम्बर १ शुक्र राईले भने सहभागिता जनाउने छैनन्।  

यो सिजन भुवन नगरकोटी, निरज तामाङ, धन थापा, सञ्जल लामा, रबि खड्का, सम्भव आचार्य लगायतलाई मुख्य दाबेदारका रुपमा हेरिएको छ।

एनपीजीएका अध्यक्ष रवीन्द्र श्रेष्ठले १७ वर्षदेखि सूर्य नेपालसँग साझेदारी चलिरहेको बताउँदै एमेच्योर र प्रोफेसनल दुवै तर्फका खेलाडीका लागि राम्रो अवसर भएको बताए।

यो सिजन नोभेम्बर, डिसेम्बर, जनवरी, फेब्रुअरी, मार्च र अप्रिलमा गोकर्ण, आरएनजीसी, हिमालयन गल्फ कोर्ष पोखरा र धरान गल्फ कोर्षमा इभन्ट हुनेछ। गोकर्ण  र आरएनजीसी तीन इभन्ट तथा पोखरा र धरानमा समान १ इभन्ट हुनेछ।