रानीपोखरीमा भाइटीकाको उल्लास, बालगोपालेश्वर मन्दिरमा टीका लगाउनेको घुइँचो

बिजमाण्डू
२०८० कात्तिक २९ गते १२:५१ | Nov 15, 2023
रानीपोखरीमा भाइटीकाको उल्लास, बालगोपालेश्वर मन्दिरमा टीका लगाउनेको घुइँचो

काठमाडौं । रानीपोखरीस्थित बालगोपालेश्व मन्दिरमा आज बिहानैदेखि भिड लागेको छ।

Tata
GBIME
NLIC

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनमात्र भक्तजनका लागि खुला गरिने रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा टीका लगाउनेको भीड लागेको हो।

भाइटीकाको अवसरमा आज बिहानैदेखि सर्वसाधारणका लागि मन्दिर खोलिएको थियो। बालगोपालेश्वर मन्दिर वर्षमा एक दिन भाइटीकाका दिनमात्र खुल्ने गर्छ।

भाइटीकाका अवसरमा दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाइ रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा आई पूजा आराधना गरेर टीका लगाउने गर्छन्।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पका कारण त्यसै वर्षको तिहारदेखि केही वर्ष सो मन्दिर बन्द गरिएको थियो। भूकम्पले क्षतिग्रस्त मन्दिर विसं २०७७ मा पुनःनिर्माण सम्पन्न भएपछि भक्तजनलाई खुला गरिँदै आइएको छ।