टिकटक बन्द गर्ने निर्णयमा शेखर कोइरालाको आपत्ति, ‘लोकतान्त्रिक व्यवस्थाको परिकल्पना विपरीत’

बिजमाण्डू
२०८० कात्तिक २७ गते १९:३८ | Nov 13, 2023
टिकटक बन्द गर्ने निर्णयमा शेखर कोइरालाको आपत्ति, ‘लोकतान्त्रिक व्यवस्थाको परिकल्पना विपरीत’

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सामाजिक सञ्जाल टिकटकमा लगाइएको बन्देजको विरोध गरेका छन्। सरकारको निर्णय लोकतान्त्रिक आचारण विपरीत भएको कोइरालाले बताए। सोमबारको मन्त्रिपरिषदले सामाजिक सद्भाव बिथोलेको भन्दै टिकटक बन्दको निर्णय गरेको थियो।

Tata
GBIME
NLIC

बिजमाण्डूसँग कुरा गर्दै नेता कोइरालाले सरकारको निर्णयलाई लोकतान्त्रिक व्यवस्थाको परिकल्पना विपरीत भएको बताए। बन्देज संविधानप्रदत्त मौलिक हक विपरीत भएको पनि कोइरालाको भनाई छ ।

बन्देजले नागरिकको आवाज बन्द गर्न नसक्ने कोइरालाले बताए। राजाको प्रत्यक्ष शासन स्मरण गर्दै कोइरालाले भने, ‘राजाले पनि टेलिफोन समेत बन्द गरेका थिए। तर, नागरिकको आवाज दबाउन सम्भव भएन। सरकारले अहिले पनि गलत कदम लिएको छ।’
सामाजिक सद्भाव बिथोलेको भन्दै सरकारले टिकटक बन्दको निर्णय गरेको थियो। तर, निर्णयको नागरिक स्वतन्त्रताको पैरवी गर्ने विभिन्न संघ–संस्थाहरुले विरोध गरेका छन्। यस्तै, सत्तारुढ दलकै अन्य नेताहरुले पनि निर्णयको विरोध गरेका छन्।