विद्युत नियमन आयोगद्वारा दुई जलविद्युत कम्पनीलाई हकप्रद सेयर ल्याउन पूर्वस्वीकृति

बिजमाण्डू
२०८० कात्तिक २१ गते १२:०१ | Nov 7, 2023
विद्युत नियमन आयोगद्वारा दुई जलविद्युत कम्पनीलाई हकप्रद सेयर ल्याउन पूर्वस्वीकृति


काठमाडौं। विद्युत नियमन आयोगले दुई जलविद्युत कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न पूर्वस्वीकृति दिएको छ।

Tata
GBIME

आयोगले राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन र दोर्दीखोला जलविद्युत कम्पनीलाई हकप्रद निष्कासनका लागि पूर्वस्वीकृति प्रदान गरेको हो। दुवै कम्पनीलाई आयोगले १ बराबर १ अनुपातमा हकप्रद निष्कासनको अनुमति दिएको छ।

राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रकसनको चुक्ता पुँजी ६१ करोड २७ लाख छ। आयोगले यसको शतप्रतिशत हकप्रद सेयर निष्कासनका लागि गत आइतबार पूर्वस्वीकृती दिएको हो। कम्पनीले ५ मेगावाटको रुकुम गाड जलविद्युत आयोजना प्रवर्धन गरिरहेको छ।

यस्तै दोर्दीखोला जलविद्युत कम्पनीलाई पनि सोही अनुपातमा हकप्रद निष्कासन गर्न आयोगले स्वीकृति प्रदान गरेको छ। कम्पनीले १ अर्ब ५ करोड ४२ लाख ६० हजार बराबरको हकप्रद सेयर जारी गर्न कम्पनीले पूर्वस्वीकृति पाएको हो।

कम्पनीले १२ मेगावाट क्षमताको दोर्दी १ जलविद्युत आयोजना प्रवर्धन गरिरहेको छ। पूर्वस्वीकृतिका लागि कम्पनीले असोज ४ गते आयोगमा निवेदन बुझाएको थियो।

आयोगबाट स्वीकृति पाएका यी कम्पनीहरुले साधारण सभाबाट हकप्रद निष्कासन गर्ने प्रस्ताव अनुमोदन गर्नेछन्। धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति प्राप्त गरिसकेपछि मात्र सर्वसाधारण सेयरधनीमाझ हकप्रद सेयरको निष्कासन तथा बिक्री सुरु गरिने छ।