डिज्नीले स्ट्रिमिङ प्लेटफर्म हुलुको ३३ प्रतिशत सेयर किन्ने, पूर्ण स्वामित्व पाउने

बिजमाण्डू
२०८० कात्तिक १६ गते १७:४५ | Nov 2, 2023
डिज्नीले स्ट्रिमिङ प्लेटफर्म हुलुको ३३ प्रतिशत सेयर किन्ने, पूर्ण स्वामित्व पाउने

डिज्नीलेले स्ट्रिमिङ सर्भिस प्लेटफर्म हुलुको बाँकी रहेको सेयर खरिद गर्ने भएको छ। टिभी जायन्ट कमकास्टसँग खरिद नगरेको ३३ प्रतिशत सेयर किन्ने कम्पनीले जनाएको छ।

Tata
GBIME

यससँगै डिज्नीले सो स्ट्रिमिङ प्लेटफर्मको पूर्ण स्वामित्व पाउनेछ। र, सो प्लेटफर्मलाई डिज्नी प्लससँग समावेश गर्न सक्नेछ।

हुलुको बजार मूल्य करिब ८.६ बिलियन अमेरिकी डलर रहेको बताइन्छ। हाल विश्वभर गरेर हुलुको करिब ४८.३ मिलियन सबस्क्राइबर रहेका छन्। डिज्नीको भने विश्वभर १४६.१ मिलियन प्रयोतकर्ता छन्।