
काठमाडौं । मंगलबार सेयर बजारमा किनबेच ६ महिना यताकै न्यून भएको छ। दसैंअघि औसत् एक अर्ब हाराहारी हुने गरेको कारोबार अहिले आधामा सीमित हुन थालेको हो।
आज नेप्से सूचकले पुन: १४.२९ अंक गुमाउँदा जम्मा ५७ करोडको सेयर कारोबार भयो। यसअघि वैशाख २८ गते ५७.८८ अर्बको कारोबार भएको थियो।
त्यति बेला नेप्से सूचक १८३८ को विन्दुमा थियो। मंगलबार पनि सूचक यही विन्दु आसपास आइपुगेको छ। मंगलबार बजार बन्द हुँदा नेप्से १८६४ मा सीमित छ।
अघिल्लो पटक बटम लगाएको विन्दु नजिकिँदा कारोबारीहरु ह्वात्तै घटेको अनुमान लगाउन सकिन्छ। अघिल्लो पटक जेठ १ गते १८०७ मा बटम लगाइएको थियो।
त्यसको महिना दिनमै सेयरबजार २२ सय पुगेको थियो। बजारले पछिल्लो तीन पटक १८ सयलाई परिक्षण गर्यो। र तीनै पटक पुनरागमन भएर २२ सयको विन्दुलाई छोएको रेकर्ड छ।
१८ सयलाई परिक्षण गर्न आएको यो चौथो पटक हो। र अघिल्लो पटक झै कारोबार रकम पनि ५० करोडमा सिमित हुन थालेको छ। जस लगत्तै बाउन्सब्याज भएको थियो।