
गायिका टेल स्विफ्टले आफ्नै स्पोटिफाइ रेकर्ड ब्रेक गरेकी छिन्। म्यूजिक स्ट्रिमिङ सर्भिस एपले दिएको जानकारी अनुसार स्विफ्ट स्पोटिफाइ कै इतिहासमा एक दिनमा सबैभन्दा बढी ‘स्ट्रिम्ड’ भएकी कलाकार बनेकी छिन्।
यस्तै, ‘१९८९ (टेलल भर्सन)’ स्पोटिफाइमा सबैभन्दा बढी ‘स्ट्रिम्ड’ भएको एल्बम बनेको छ।
सन् २०२२ मा स्विफ्ट मोस्ट स्ट्रिम्ड आर्टिस्ट बनेकी थिइन्। यही महिनाको सुरुवातमा उनले ४ वर्ष अघि रिलिज भएको ज्याक एन्टोनफको ‘क्रुल समर’ गीतको सफलता मनाएकी थिइन्। भर्खरै इराज् टुरबाट बिलिनियर बनेकी स्विफ्टले आफ्नै रेकर्ड तोडेकी हुन्।
यससँगै संगीतबाट पैसा कमाएर अर्बपति हुने स्विफ्ट पहिलो गायिकासमेत बनेकी छिन्। हाल उनको सम्पत्ति १.१ बिलियन अमेरिकी डलर (१४६ अर्ब रुपैयाँभन्दा बढी) रहेको छ।
सीएनएनका अनुसार स्विफ्टले यो वर्ष संगीत उद्योगलाई ‘डोमिनेट’ गरेको उल्लेख गरेको छ। इराज् टुरले उनको सफलतालाई थप बढाएको छ।