रहेनन् ‘फ्रेन्ड्स’का च्यान्डलर बिङ, अभिनेता म्याथ्यूको ५४ वर्षको उमेरमा निधन

बिजमाण्डू
२०८० कात्तिक १२ गते ०९:१७ | Oct 29, 2023
रहेनन् ‘फ्रेन्ड्स’का च्यान्डलर बिङ, अभिनेता म्याथ्यूको ५४ वर्षको उमेरमा निधन
Photo : getty images

अमेरिकी-क्यानडियन अभिनेता म्याथ्यू पेरीको ५४ वर्षको उमेरमा निधन भएको छ। लस एन्जल टाइम्सले शनिबार पेरी उनकै घरमा मृत अवस्थामा फेला परेका उल्लेख गरेको सीएनएनले जनाएको छ।

Tata
GBIME

चर्चित ‘फ्रेन्ड्स’ सिरिजमा पेरी च्यान्ड्लर बिङको भूमिकामा थिए। उनको अभिनयको सर्वत्र प्रशंसा भएको थियो। सो सिरिज हाल पनि युवामाझ चर्चित छ।

वार्नर ब्रोज टेलिभिजन ग्रुपले पेरी आफ्नो कम्पनीको महत्वपूर्ण सदस्य रहेको भन्दै उनको निधनमा दु:ख व्यक्त गरेको छ।

पेरीले ‘फ्रेन्ड्स’ सिरिजसँगै विभिन्‍न फिल्म र नाटकहरुमा पनि अभिनय गरेका छन्। सन् २०२२ मा उनले ‘फ्रेन्ड्स’मा आधारित भएर किताब पनि निकालेका थिए।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।