प्रकाश सपुतको डेब्यू फिल्म ‘परदेशी २’ दोस्रो हप्तामा, पहिलो साता कति कमायो?

बिजमाण्डू
२०८० कात्तिक ३ गते १४:०६ | Oct 20, 2023
प्रकाश सपुतको डेब्यू फिल्म ‘परदेशी २’ दोस्रो हप्तामा, पहिलो साता कति कमायो?


काठमाडौं। प्रकाश सपुतको डेब्यू फिल्म ‘परदेशी २’ फिल्म शुक्रबारबाट दोस्रो सातामा प्रवेश गरेको छ। फिल्म असोज २६ गते रिलिज भएको थियो।

Tata
GBIME
NLIC

फिल्मले पहिलो साता बक्स अफिसमा ३ करोड ३० लाख हाराहारी कमाइ गरेको निर्माण टिमले जनाएको छ। सुरुवाती दिनमा औसत व्यापार गरेको सिनेमाले घटस्थापनापछि राम्रो पिकअप लिएको थियो।

नारायण रायमाझी निर्देशित यस फिल्ममा प्रकाशसहित केकी अधिकारी, वर्षा शिवाकोटी, प्रशान्त तामाङ लगायतले अभिनय गरेका छन्।

नारायण र राजेश बंशल निर्माता रहेको फिल्मको कथा रमेश बिजीले लेखेका हुन्। यस फिल्मले युवाहरुको विदेशिने मोह र त्यसले घरपरिवारमा पार्ने प्रभावको कथा भन्छ। यो हिट फिल्म ‘परदेशी’को सिक्वेल हो।