संस्थापक सेयरको चर्को मोलतोल बीच दसैंअघि सेयर बजार घटेर बन्द, अब ९ दिनपछि खुल्ने

बिजमाण्डू
२०८० कात्तिक २ गते १५:५४ | Oct 19, 2023
संस्थापक सेयरको चर्को मोलतोल बीच दसैंअघि सेयर बजार घटेर बन्द, अब ९ दिनपछि खुल्ने

काठमाडौं। दसैंअघि नेप्से घटेर बन्द भएको छ। पछिल्लो दुई दिन मै ५६ अंक उक्लिएको सूचक सामान्य घटेको हो।

Tata
GBIME
Nepal Life

नेप्से बिहीबार ४ अंक घटेर १९०३ को विन्दुमा कायम छ। दसैंको सार्वजनिक बिदाले गर्दा सेयर बजार अब ९ दिनपछि खुल्छ। कात्तिक १२ गते बजार पुन: संचालन हुनेछ।

दसैं अघि सेयर कारोबार सुस्ताएको छ। पछिल्लो दुई कारोबारमा सेयर कारोबार एक अर्ब भन्दा कम छ। बिहीबार ९७ करोडमा सिमित छ।

अन्तिम कारोबार दिन वाणिज्य बैंकका प्रमोटर सेयर बढी सक्रिय रहे। नबिल बैंकको ५ करोड ९० करोड र प्रभु बैंकको ५ करोड १५ करोड संस्थापक सेयर किनबेच भयो।