यशोदा फुड्सले ल्यायो कोदोको चिप्स, पहाडी क्षेत्रमा कोदोको खेती गर्न प्रोत्साहन पुग्ने विश्वास

बिजमाण्डू
२०८० कात्तिक २ गते १०:२२ | Oct 19, 2023
यशोदा फुड्सले ल्यायो कोदोको चिप्स, पहाडी क्षेत्रमा कोदोको खेती गर्न प्रोत्साहन पुग्ने विश्वास


विराटनगर करेन्ट ब्रान्डका चाउचाउपछि विभिन्न प्रकारका स्न्याक्समा आक्रामक बनेको यशोदा फुड्सले कोदोको चिप्सको उत्पादन सुरु गरेको छ।

Tata
GBIME
NLIC

नेपालको पहाडी भेगमा गरिने कोदो खेतीलाई प्रोत्साहन र संरक्षण गर्न कोदोको चिप्सको उत्पादन र बिक्री वितरण सुरु गरिएको यशोदा फुड्सले जनाएको छ।

उद्योगका संचालक चुन्नुप्रसाद पौडेलका अनुसार यशोदाले उत्पादन गर्ने स्न्याक्स अन्तर्गत कोदोको चिप्स आठौँ उत्पादन हो।

यसअघि करेन्ट ब्रान्डका स्टिकमा हट एन्ड स्पाइसी, करेन्ट अचारी, करेन्ट चटपटा, करेन्ट लेमन गरी ४ प्रकारका स्टिकसहित करेन्ट ब्रान्डमै चिज बल्स, पोटेटो क्रेकर र पोटेटो स्टिक गरी ७ वटा स्न्याक्सको उत्पादन सुरु भइसकेको छ।

संचालक पौडेलले उद्योगले कोदोको चिप्स तीन कुने आकारमा उत्पादन गरेको र नेपालमा यस्तो आकारको चिप्स पहिलो भएको बताए।

उनले कोदोको चिप्स पनि नेपालमै पहिलो भएको दाबी गरे।

पौडेलले यसको मुख्य कच्चा पदार्थ कोदोको पिठो भएको उल्लेख गर्दै यसले नेपालको पहाडी क्षेत्रमा कोदोको खेती गर्न प्रोत्साहन पुग्ने विश्वास व्यक्त गरे।