पाटन हाउसमा राउटेको कथा, किशोर शर्माको १२ वर्षदेखिको प्रयास ‘लिभिङ इन द मिस्ट’

बिजमाण्डू
२०८० असोज २९ गते ०८:५२ | Oct 16, 2023
पाटन हाउसमा राउटेको कथा, किशोर शर्माको १२ वर्षदेखिको प्रयास ‘लिभिङ इन द मिस्ट’


काठमाडौं । धौगलमा रहेको पाटन हाउसमा अहिले ‘लिभिङ इन द मिस्ट’ फोटो प्रदर्शन भइरहेको छ। किशोर शर्माले खिचेका तस्विरहरु अहिले प्रदर्शनीमा राखिएका हुन्।

Tata
GBIME
NLIC

असोज २४ गते एक कार्यक्रमबीच ‘लिभिङ इन द मिस्ट’ किताब सार्वजनिक गरिएको थियो। त्यही किताबमा रहेका तस्विरहरु अहिले प्रदर्शनीमा राखिएका हुन्।

किशोर शर्माको यो पुस्तकमा राउटे समुदायको कथा छ। किशोर शर्माले सन् २०११ देखि राउटे समुदायलाई भेट्दै फोटोग्राफी गर्दै आएका छन्। राउटे समुदायको जीवनशैलीलाई १२ वर्षदेखि तस्विरमा उतार्ने उनले प्रयास गरिरहेका थिए। अहिले त्यही तस्विरहरु समेटेर ‘फोटो बुक’ निकालिएको हो।

‘यो फोटो पुस्त​कले मेरो फोटोग्राफी यात्राको उतार​च​ढाव​ देखेको, भोगेको छ। य​स​ पुस्त​कका मुख्य​ पात्र​ राउटे स​मुदाय​ र​ उनीहरुको संघ​र्ष​लाई द​स्तावेजीकर​ण​ ग​र्ने मेरो प्र​यास​ हो। १२ वर्ष​ देखिको मेरो प्र​यास​ आज​ य​थार्थ​मा प​रिण​त​ भ​इर​हेको देख्दा म​ भाव​विहोर​ त​ भएको छु नै, सँगै य​स​ले राउटे स​मुदाय​का बारेमा भ​इर​हेका र​ हुने संवाद​हरूमा टेवा पुर्‍याउने छ​ भ​न्नेमा प​नि म​ निकै आशावादी छु,’ शर्माले भने।

प्रदर्शनी मंसिर ११ गतेसम्म जारी रहने छ। प्रदर्शनी सोमबार  तथा दशैं र तिहारका अवधिमा बन्द रहने छ ।  

तस्विर : किशोर शर्मा
तस्विर : किशोर शर्मा