भाटभटेनीले ल्यायो डिजिटल दसैं अफर, सामान खरिद गर्दा गाडीदेखि आइफोनसम्म जित्ने अवसर

बिजमाण्डू
२०८० असोज २८ गते ०८:४० | Oct 15, 2023
भाटभटेनीले ल्यायो डिजिटल दसैं अफर, सामान खरिद गर्दा गाडीदेखि आइफोनसम्म जित्ने अवसर


काठमाडौं । आजदेखि बडा दसैं सुरु भएको छ। दसैंलाई लक्षित गरेर भाटभटेनी सुपर स्टोरले विभिन्न अफरहरु सार्वजनिक गरेको छ।

Tata
GBIME
NLIC

चाडपर्वलाई लक्षित गरेर करिब ३० करोड बराबरको स्किम भाटभटेनीले ल्याएको भाटभटेनीका चिफ अपरेटिङ अफिसर पानु पौडेलले बताए।

डिजिटल दसैं अफर अनुसार देशभर संचालनमा रहेको २६ वटा भाटभटेनी स्टोरमा गार्मेन्ट, जुत्ता, सारी र कुर्ता खरिद गरेपछि डिजिटल भुक्तानी गर्ने ग्राहकहरुले १५ प्रतिशत छुट पाउने भएका छन्।

१० प्रतिशत छुट भाटभटेनीबाट र ५ प्रतिशत छुट बैंकिङ पार्टनरबाट दिइनेछ। डेबिट कार्ड, केडिट कार्ड वा क्यूआरबाट भुक्तानी गरेर १५ प्रतिशत छुट पाउन सकिन्छ। यो योजनामा एनआइसी एसिया, प्रभु बैंक, हिमालयन बैंक र एनआइएमबी बैंक पार्टनर रहेका छन्।

ती सामानहरु स्टोरमै नगदबाटै खरिद गरेर भुक्तानी गर्नेहरुले भने १० प्रतिशत छुट पाउनेछन्। यो योजनासँगै ग्रसरी सामान खरिद गर्नेहरुलाईका लागि पनि विभिन्न अफरहरु रहेको पानु पौडेलले बताए।

दसैंलाई लक्षित गरेर भाटभटेनीमा इलेक्ट्रोनिक सामाग्री खरिद गर्ने ग्राहकलाई २२ प्रतिशत छुटको व्यवस्था गरिएको छ। तर यो छुट ग्यास स्टोभ भने लागू नभएको कम्पनीले जनाएको छ।

२ हजार ५०० रुपैयाँ सम्म सामान खरिद गर्नेहरुले टाटा मोटर जित्न सक्ने कम्पनीले जनाएको छ। यस्तै, सेन्चुरीको ५०० रुपैयाँसम्मको प्रोडक्ट खरिद गरेर सुजिकी अल्टो जित्न पाइने अफर ल्याइएको छ। दुई हजार रुपैयाँसम्मको युनिलिभरको सामान खरिद गर्ने ग्राहकहरुले स्कुटर, वासिङ मेसिन, आइफोन १३ प्रो म्याक्स र एलइडी टिभी जित्न सक्ने कम्पनीले जनाएको छ।

यस्तै, सितारामको दूधबाहेकका सामान खरिद गर्दा वासिङ मेसिन, रेफ्रिजिरेटर, टिभी र इन्डक्सन जित्न सक्ने अफर पनि ल्याइएको छ।