काठमाडौं। नेपाल विद्युत प्राधिकरणका ५१ जना कर्मचारी आगामी फागुन र चैतमा अनिवार्य अवकाश हुने भएका छन्।
८ तह (सहायक निर्देशक) देखि २ तह (कार्यालय सहयोगी) सम्मका कर्मचारी उमेरहदका कारण अवकाश हुन लागेका हुन्। फागुनमा २८ जना र चैतमा २३ जनाले अवकाश पाउन लागेका हुन्।
८ तहका सहायक निर्देशक अर्जुनप्रसाद ढुंगाना फागुन ४ गते अवकाश हुँदैछन्। उनी कुलेश्वर वितरण केन्द्रमा कार्यरत छन्। २ तहका खड्गबहादुर क्षेत्री फागुन १५ गते अवकाश हुँदैछन्। उनी ठिमी वितरण केन्द्रमा कार्यरत छन्।
६ तहका सहायक प्रशासकीय अधिकृत दिलबहादुर साउद चैत ५ गते अवकाश हुँदैछन्। उनी भक्तपुर-बानेश्वर-पाटन ६६ केभी प्रसारणलाइन क्षमता अभिवृद्धि आयोजनामा कार्यरत छन्।
तह ३ का इलेक्ट्रिसियन खुमप्रसाद पौडेल चैत ४ गते अवकाश हुँदैछन्। उनी सेतीफेवा जलविद्युत केन्द्रमा कार्यरत छन्।