BIZMANDU
www.bizmandu.com

विद्युत प्राधिकरणका ५१ जनाको आगामी फागुन-चैतमा अवकाश, कुन-कुन पद हुँदैछन् रिक्त?

२०८० असोज २५

विद्युत प्राधिकरणका ५१ जनाको आगामी फागुन-चैतमा अवकाश, कुन-कुन पद हुँदैछन् रिक्त?
Nepal electricity Authority, नेपाल विद्युत प्राधिकरण- Kulman Ghising


काठमाडौं। नेपाल विद्युत प्राधिकरणका ५१ जना कर्मचारी आगामी फागुन र चैतमा अनिवार्य अवकाश हुने भएका छन्।

Tata
GBIME
NLIC

८ तह (सहायक निर्देशक) देखि २ तह (कार्यालय सहयोगी) सम्मका कर्मचारी उमेरहदका कारण अवकाश हुन लागेका हुन्। फागुनमा २८ जना र चैतमा २३ जनाले अवकाश पाउन लागेका हुन्।

८ तहका सहायक निर्देशक अर्जुनप्रसाद ढुंगाना फागुन ४ गते अवकाश हुँदैछन्। उनी कुलेश्वर वितरण केन्द्रमा कार्यरत छन्। २ तहका खड्गबहादुर क्षेत्री फागुन १५ गते अवकाश हुँदैछन्। उनी ठिमी वितरण केन्द्रमा कार्यरत छन्।

६ तहका सहायक प्रशासकीय अधिकृत दिलबहादुर साउद चैत ५ गते अवकाश हुँदैछन्। उनी भक्तपुर-बानेश्वर-पाटन ६६ केभी प्रसारणलाइन क्षमता अभिवृद्धि आयोजनामा कार्यरत छन्।

तह ३ का इलेक्ट्रिसियन खुमप्रसाद पौडेल चैत ४ गते अवकाश हुँदैछन्। उनी सेतीफेवा जलविद्युत केन्द्रमा कार्यरत छन्।