नेपाल बैंकको प्रमुख कार्यकारीका लागि आवेदन खुल्यो, २१ दिनभित्र इच्छुकले आवेदन दिन सक्ने

बिजमाण्डू
२०८० असोज २१ गते १४:२५ | Oct 8, 2023
नेपाल बैंकको प्रमुख कार्यकारीका लागि आवेदन खुल्यो, २१ दिनभित्र इच्छुकले आवेदन दिन सक्ने

ठमाडौं। नेपाल बैंक लिमिटेडले रिक्त प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन खुलाएको छ।

Tata
GBIME
NLIC

बैंकको पदपुर्ति समितिले २१ दिनभित्र आवेदन दिन आह्वान गरेको हो। चार बर्षे कार्यकाल पुरा गरेर कृष्णबहादुर अधिकारी अवकाश भएपछि बैंकको ब्यवस्थापकीय नेतृत्व समता पन्तको हातमा छ। उनी कामु प्रमुख कर्यकारी अधिकृत हुन्।

बैंकको प्रमुख कार्यकारी अधिकृतका लागि कम्तिमा स्नातकोत्तर गरेको हुनु पर्छ। व्यवसायिक कार्ययोजना पेश गर्नु पर्छ।

मासिक तलब सुविधा खुलाइएको छैन। यसअघिका प्रमुख कार्यकारीलाई भत्ताबाहेक मासिक ३ लाख रुपैयाँ तलब दिइएको थियो।