सरकारले खोल्यो पीपीए, ९०३ मेगावाटका ११ प्रवर्द्धकलाई ३५ दिनभित्र निवेदन दिन पत्र

बिजमाण्डू
२०८० असोज १७ गते १८:४७ | Oct 4, 2023
सरकारले खोल्यो पीपीए, ९०३ मेगावाटका ११ प्रवर्द्धकलाई ३५ दिनभित्र निवेदन दिन पत्र


काठमाडौं। सरकारले ९०३ मेगावाट विद्युतको खरिद बिक्री सम्झौता (पीपीए) खुला गरेको छ। नेपाल विद्युत प्राधिकरणले ११ प्रवर्द्धकलाई ३५ दिनभित्र पीपीए सम्झौताका लागि रितपूर्वक निवेदन दिन पत्राचार गरेको छ।

Tata
GBIME

प्राधिकरणको सञ्चालक समितिको निर्णय अनुसार नदी प्रवाहमा आधारित र अर्ध जलाशय प्रकृतिका जलविद्युत आयोजनाको पीपीए खोलिएको हो।

नदी प्रवाही जलविद्युत आयोजनामा ६ हजार ७५० र अर्धजलाशययुक्त जलविद्युत आयोजनामा ४ हजार ५०० मेगावाट नपुगेसम्म ग्रीड कनेक्सन एग्रिमेन्ट भएको मितिलाई आधार मानी रोलक्रम अनुसार पीपीए गर्ने निर्णय भएको छ।

सोही अनुसार प्राधिकरणले विद्युत नियमन आयोग र प्रवर्द्धक कम्पनीहरुबीच पीपीएका लागि हस्ताक्षर गर्न परफरमेन्स बैंक जमानत र शुल्क बुझाउन कम्पनीहरुलाई पत्राचार गरेको हो।

तोकिएको अवधिभित्र रितपूर्वक  निवेदन नदिएमा वा प्राप्‍त निवेदनमा आवश्यक कागजात नपुगे त्यस्ता आयोजनालाई पीपीएको रोलक्रमबाट हटाउने तयारी छ। त्यसपछि ग्रिड कनेक्सन एग्रिमेन्ट भएका आयोजनाको पीपीए प्रक्रिया अघि बढाउने तयारी छ।