नेप्सेमा सामान्य वृद्धि, होटल, हाइड्रो र फाइनान्स समूह चम्किए‚ वाणिज्य बैंक घट्यो

बिजमाण्डू
२०८० असोज १७ गते १५:१९ | Oct 4, 2023
नेप्सेमा सामान्य वृद्धि, होटल, हाइड्रो र फाइनान्स समूह चम्किए‚ वाणिज्य बैंक घट्यो

काठमाडौं। बुधबार सेयर बजार ९.२४ अंकले बढेको छ। सूचक १९६७.९७ को विन्दुमा उक्लिएको हो।

Tata
GBIME

अघिल्लो दिन १७.५७ अंकले घटेको सूचक लगत्तै हरियो बनेको छ।

होटल तथा पर्यटन क्षेत्रका सेयरमा आकर्षण बढेको देखिन्छ। उपसूचक डेढ प्रतिशत बढ्यो। हाइड्रोका लगानीकर्ता पनि सर्वाधिक कमाउने मध्ये छन्। १.३७ प्रतिशत बढेको छ।

एक प्रतिशतभन्दा बढी बढ्ने फाइनान्स समूह पनि हो। वाणिज्य बैंक समूह भने सामान्य घट्यो।

बजार वृद्धि भएपनि कारोबार रकम घटेको छ। बुधबार दिनभरको कारोबार अवधिमा एक अर्ब १८ करोडको किनबेच भएको छ। सूचकमा सामान्य सुधारका बाबजुद अपेक्षाकृतरुपमा कारोबार उच्च हुन नसकेको देेखिएको छ।