बुक क्लोजको दिन एनआइसी एसिया बैंकको बढी कारोबार, एभरेष्ट बैंकमा पनि आकर्षण

बिजमाण्डू
२०८० असोज १५ गते १५:२६ | Oct 2, 2023
बुक क्लोजको दिन एनआइसी एसिया बैंकको बढी कारोबार, एभरेष्ट बैंकमा पनि आकर्षण

काठमाडौं। दुई दिनको फराकिलो गिरावटपछि समान्य अंकले बढेको सेयर बजारमा एनआइसी एसिया बैंकको २१ करोड ६८ लाख रुपैयाँको कारोबार भएको छ।

Tata
GBIME

बैंकले सोमबार बुक क्लोज मिति तय गरेको थियो। सोहीअनुसार आजसम्म कायम सेयरधनीले मात्रै बैंकको लाभांश पाउन र साधारण सभामा भाग लिन योग्य हुनेछन्। बैंकले असोज १६ गतेदेखि २८ गतेसम्म बुक क्लोज रहने जनाएको हो।

बैंकले गत आर्थिक वर्षका लागि ३०.५ प्रतिशत लाभांश दिने भएको छ। जसमध्ये २९ प्रतिशत बोनस सेयर हो। सोमबार बैंकको सेयर मूल्य ३.६० रुपैयाँ घटेको छ।

आजै बुक क्लोज मिति तय गरेको एभरेष्ट बैंकको सेयर मूल्य भने ४.२ रुपैयाँ बढेको छ। एभरेष्टले २०.५३ प्रतिशत लभांश दिँदैछ। बैंकको ५ करोड ३१ लाखको सेयर किनबेच भयो।

दिनभर जारी उतारचढावका बाबजुद नेप्से अन्त्यमा ५ अंक बढेर बन्द भएको हो। सूचक १९७६ को विन्दुमा कायम छ। भने कारोबार एक अर्ब ७३ करोड रुपैयाँ नाघ्यो।