अमेरिकामा टर्‍यो ‘गभर्मेन्ट सटडाउन’को संकट, बाइडेन सरकारलाई ४५ दिनको राहत

बिजमाण्डू
२०८० असोज १४ गते ०८:३२ | Oct 1, 2023
अमेरिकामा टर्‍यो ‘गभर्मेन्ट सटडाउन’को संकट, बाइडेन सरकारलाई ४५ दिनको राहत
Photo : Reuters


अमेरिकामा ‘गभर्मेन्ट सटडाउन’को संकट हाललाई तरेको छ। अमेरिकी संसदको दुवै सदनमा सटडाउन संकट टाल्न सहमति भएको हो।

Tata
GBIME

सहमतिसँगै सरकारी काम चलाउन आवश्यक खर्च गर्ने रकम नोभेम्बरसम्म प्राप्त हुने भएको छ। तर यसमा युक्रेनका लागि सहयोग गर्न थप रकमको उल्लेख भने छैन।

सिनेटमा सटसडाउन संकट टाल्न ल्याइएको विधेयकमा ८८ मत प्राप्त भएको थियो। ४५ दिनका लागि जरुरी खर्च गर्न सक्ने व्यवस्था सहितको विधेयक सभामुख केविन मेकार्थीले पेस गरेका थिए।

अब विधेयकमा राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गर्नेछन्। त्यसपछि अमेरिकामा संघीय सेवा अवरुद्ध हुन सक्ने आशंका अन्त्य हुनेछ। सटडाउन भएको भए हजारौं संघीय कर्मचारीलाई पारिश्रमिक बिना घरमा नै बस्न निर्देशन मिल्न सक्थ्यो। जसकारण धेरै सरकारी सेवा थप्प हुने थियो।