एक महिना अगाडिको भिडियो टेपलाई लिएर क्यानको एक्सन, पिक सिजनमा दुई कम्पनीमाथि अंकुश

बिजमाण्डू
२०८० असोज ११ गते २१:३८ | Sep 28, 2023
एक महिना अगाडिको भिडियो टेपलाई लिएर क्यानको एक्सन, पिक सिजनमा दुई कम्पनीमाथि अंकुश


काठमाडौँ। नेपाल नागरिक उड्डयन प्राधिकरणले एक महिना अगाडिको एक भिडियो क्लिपलाई आधार बनाएर दुई वटा हेलिकोप्टर कम्पनीलाई कारबाही गरेको छ। श्री र फिस्टेल एयरलाई प्राधिकरणले कारबाही गरेको हो। कारबाहीका कारण दुई कम्पनीका ३ हेलिकोप्टर अनिश्चितकालका लागि ग्राउन्डेड भएका छन्।

Tata
GBIME

प्राधिकरणका एक उच्च पदाधिकारीले दुवै कम्पनीको चरम लापरबाही देखिएकाले कारबाही भएको बताए। कम्पनीहरुले भने प्राधिकरणले नियतवस् अंकुश लगाएको जनाएका छन्।

‘नियमनकारी निकायले गल्ती समयमै औँल्याएर कारबाही गर्नुपर्नेमा डेढ महिनामा कारबाही अगाडि बढाउनु नै कमजोरी देखिएको छ। प्राधिकरण आफ्नो इन्स्पेक्सन प्रणालीमै चुकेको देखिएको छ,’ एक हवाइ व्यवसायीले भने,’मनसुनमा नयाँ मापदण्ड बनाएर प्रचारमा चुकेको छ प्राधिकरण।’

प्राधिकरण सनकको भरमा चलेको आरोप पनि ती व्यवसायीले लगाए।

डेढ महिना अगाडि १० मिनेट उडान दूरी रहेको खरिखोला-लुक्ला उडानको भिडियो क्लिपलाई लिएर प्राधिकरणले कारबाही अगाडि बढाएको बताउँदै ती व्यवासायीले भने,’भिडियो अपलोड हेर्ने हो भने धेरै वायुसेवाको देखिन्छ। सबै वायुसेवालाई ग्राउन्डेड गर्न त भएन। भिडियो अपलोड गर्ने व्यक्ति कोहीबाट प्रभावित भएको देखिन्छ।’

एक महिना अगाडिको यो घटना साँझ ५:३० बजे घटेको प्राधिकरणका एक कर्मचारीले बताए। जुनसुकै घटना ढिला चाँडो प्राधिकरणको पहुँचमा आएलगत्तै कारबाही अगाडि बढाउनु स्वाभाविक रहेको उनले जानकारी दिए। उनका अनुसार खरिखोला-लुक्ला उडान दुरी १० मिनेटको रहेको छ।

निजी क्षेत्र र सरकारी निकायको सहकार्यमै आँच आउने किसिमको निर्णयले हेलिकोप्टर कम्पनी थप निरुत्साहित हुँदै गएको व्यवसायीले जनाएका छन्।

पुष्पवृष्टि, माउन्टेन फ्लाइट, कार्गो उडान लगायत उडान अक्टोबरसम्म खुलाउने जनाए पनि हालसम्म कुनै पनि निर्णय नआएको व्यवसायीले जनाएका छन्।

निजी क्षेत्र र सरकारी निकायको सहकार्यमै आँच आउने किसिमको निर्णयले हेलिकोप्टर कम्पनी थप निरुत्साहित हुँदै गएको व्यवसायीले जनाएका छन्।

बिहीबार प्राधिकरणले श्री र फिस्टेल एयरलाई एक महिना अगाडिको भिडियो क्लिपलाई आधार बनाएर कारबाही गरेको जनाएको छ। दुवै कम्पनीको हेलिकोप्टर पटक-पटक एउटै हेलिप्याडमा टेकअफ र ल्यान्डिङ गरेको जनाउँदै कारबाही गरेको प्राधिकरणले जनाएको छ।

यसलाई प्राधिकरणले गम्भीर लापरबाहीका रूपमा लिएको छ। कारबाही अनुसार प्राधिरकणले दुवै कम्पनीका एएस-३५० सिरिजका हेलिकोप्टर ग्राउन्डेड गराएको हो। फिस्टेलका २ र श्रीको १ हेलिकोप्टर सञ्चालनमा प्रतिबन्ध लगाइएको हो।