काठमाडौं। ग्लोबल आइएमई बैंकले ६६औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। बैंकले गुल्मीको मुसीकोट नगरपालिका-५, इन्द्रेगौंडा बजारमा ६६औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो।
सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै वामी शाखाको मातहतमा रहने गरी एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ।
मुसीकोट नगरपालिकाका मेयर जीवलाल खरेल जीवनले बैंकको एक्सटेन्सन काउन्टर उद्घाटन गरे। बैंकका अनुसार एक्सटेन्सन काउन्टरबाट निक्षेप संकलन, नगद भुक्तानी, मोबाइल तथा अनलाइन बैंकिङ सेवा, रेमिट्यान्स लगायत सबै किसिमका साधारण बैंकिङ सेवा उपलब्ध हुनेछन्।
एक्सटेन्सन काउन्टर उद्घाटनका अवसरमा बैंकले डिजिटल बैंकिङ र रेमिट्यान्स सम्बन्धी वित्तीय साक्षारता कार्यक्रम समेत सञ्चालन गरेको थियो।