सेयर बजार घटिरहेका बेला सेबोन अध्यक्ष हमालले गभर्नर अधिकारीलाई भेटे, के कुरा भयो?

बिजमाण्डू
२०८० असोज ८ गते १७:१३ | Sep 25, 2023
सेयर बजार घटिरहेका बेला सेबोन अध्यक्ष हमालले गभर्नर अधिकारीलाई भेटे, के कुरा भयो?
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र धितोपत्र बाेर्डका अध्यक्ष रमेशकुमार हमाल

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपाल धितोपत्र बाेर्डका अध्यक्ष रमेशकुमार हमालबीच भेटवार्ता भएको छ। हमालले गभर्नर अधिकारीलाई सोमबार राष्ट्र बैंक पुगेर भेटेका हुन्।

Tata
GBIME
Nepal Life

अधिकारी र हमालबीच बढ्दो ब्याजदर, सेयर धितो कर्जामा लगाइएको सीमा, भेञ्चर क्यापिटल, प्राइभेट इक्वीटीलगायत विषयमा छलफल भएको उनीहरु निकट स्रोतले जनाएका छन्।

राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाएको १२ करोडको सीमा र महँगो ब्याजदरका कारण सेयर बजार बढ्न सकेको छैन। अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर धितो कर्जाको सीमा हटाउनुपर्ने बताउँदै आएका छन्। उनले राष्ट्र बैंक, बोर्ड र नेप्सेका उच्च अधिकारीलाई बोलाएर बजार बढ्ने उपाय अवलम्बन गर्न पनि भनिसकेका छन्।

सेयर बजार बियरिस बाटोमा रहेका बेला दुई वटा नियामक संस्थाका प्रमुखबीचको भेटवार्तालाई चासोका साथ लिइएको छ।