BIZMANDU
www.bizmandu.com

सेयर बजार घटिरहेका बेला सेबोन अध्यक्ष हमालले गभर्नर अधिकारीलाई भेटे, के कुरा भयो?

२०८० असोज ८

सेयर बजार घटिरहेका बेला सेबोन अध्यक्ष हमालले गभर्नर अधिकारीलाई भेटे, के कुरा भयो?
सेयर बजार घटिरहेका बेला सेबोन अध्यक्ष हमालले गभर्नर अधिकारीलाई भेटे, के कुरा भयो?

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपाल धितोपत्र बाेर्डका अध्यक्ष रमेशकुमार हमालबीच भेटवार्ता भएको छ। हमालले गभर्नर अधिकारीलाई सोमबार राष्ट्र बैंक पुगेर भेटेका हुन्।

Tata
GBIME

अधिकारी र हमालबीच बढ्दो ब्याजदर, सेयर धितो कर्जामा लगाइएको सीमा, भेञ्चर क्यापिटल, प्राइभेट इक्वीटीलगायत विषयमा छलफल भएको उनीहरु निकट स्रोतले जनाएका छन्।

राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाएको १२ करोडको सीमा र महँगो ब्याजदरका कारण सेयर बजार बढ्न सकेको छैन। अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर धितो कर्जाको सीमा हटाउनुपर्ने बताउँदै आएका छन्। उनले राष्ट्र बैंक, बोर्ड र नेप्सेका उच्च अधिकारीलाई बोलाएर बजार बढ्ने उपाय अवलम्बन गर्न पनि भनिसकेका छन्।

सेयर बजार बियरिस बाटोमा रहेका बेला दुई वटा नियामक संस्थाका प्रमुखबीचको भेटवार्तालाई चासोका साथ लिइएको छ।