ट्रुमीको स्याम्पोदेखि हेयर वाक्ससम्मका यी उत्पादन कपालको हेरचाहका लागि कत्तिको फलदायी?

बिजमाण्डू
२०८० असोज ८ गते १३:०७ | Sep 25, 2023
ट्रुमीको स्याम्पोदेखि हेयर वाक्ससम्मका यी उत्पादन कपालको हेरचाहका लागि कत्तिको फलदायी?


काठमाडौं। कपाललाई सुन्दर, मुलायम तथा स्वस्थ बनाउन बजारमा ट्रुमीका विभिन्‍न उत्पादनहरु बजारमा उपलब्ध छन्।

Tata
GBIME

नेपालका लागि ट्रुमीको आधिकारिक बिक्रेता ट्रु डर्मा एसएले जारी गरेको ‘रिभ्यू नोट’मा ट्रुमीका स्किन तथा हेयरकेयर प्रोडक्टहरुलाई सिनियर ब्युटिसियन र डर्माटोलोजिस्टले समेत प्रशंसा गरेका छन्।

ट्रुमीले बजारमा हेयर केयरका सात महत्वपूर्ण सामग्रीहरु ल्याइसकेको छ। जसमा कपाल झर्ने समस्या समाधानका लागि ‘हेयरफल कन्ट्रोल स्याम्पो’ पर्छ।

कम्पनीका अनुसार सल्फेट नभएको यो स्याम्पोले कपाल झर्ने समस्याको समाधान गर्ने मात्रै नभई कपाललाई स्वस्थ राख्‍न र लामो बनाउन मद्दत गर्छ। ८ सय मिलिलिटरको प्याकमा उपलब्ध यसले कपालको जरादेखि टुप्पैसम्मका समस्यालाई निराकरण गर्ने कम्पनीको दाबी छ।

मूलायम कपालका लागि ट्रुमीको केराटिन हेयर सिरम उपयुक्त छनोट हुनसक्छ। यसले कपालका लागि आवश्यक पोषक तत्व प्रदान गर्ने कम्पनीले बताएको छ। १०० मिलिलिटरको बोतलमा उपलब्ध केटारिन हेयर सिरमले खस्रो र सुक्खा कपाल मुलायम राख्छ।

हाम्रो कपालमा प्राकृतिक रूपमा नै केराटिन नामक प्रोटिन पाइन्छ। त्यही केराटिनको शक्तिलाई ‘ट्रुमी केराटिन हेयर रिबोन्डिङ’नामक सामग्रीले अझ सबल बनाउन मद्दत गर्छ।

नवीनतम फर्मुलाका आधारमा तयार गरिएको यो उत्पादनको प्रयोगले कपाललाई नरम र सीधा बनाउँछ। केराटिनको कमीका कारण कपालमा निम्तिने सुख्खापन लगायतका समस्या आउँछन्। केराटिन हेयर रिबोन्डिङको प्रयोगले लट्टा पर्ने समस्या पनि कम हुने कम्पनीले दाबी गरेको छ।

त्यसैगरी, ‘ट्रुमी हेयर ब्लिच पाउडर’ , ‘ट्रुमी केराटिन ट्रिटमेन्ट स्पा’, ‘ट्रुमी हेयर वाक्स’ लगायत विभिन्‍न उत्पादनहरु बजारमा उपलब्ध छन्। जसले कपाललाई सुन्दर, मुलायम तथा स्वस्थ बनाउनुका साथै कपालको हेरचाहमा समेत फलदायी हुने कम्पनीले बताएको छ।

सिनियर ब्युटिसियन रुस्का श्रेष्ठले ट्रमीका उत्पादनहरु प्लान्ट बेस्ड प्रोडक्ट भएको बताइन्।

उनले भनिन्, ‘यसले निकै अध्ययन गरेर गुणस्तरीय सामग्री ल्याएको छ। यसका हेयर केराटिन, हेयर कलरिङ लगायत जति पनि प्रोड्क्ट छन्, सबै गुणस्तरीय छन्।’

छाला रोग विशेषज्ञ डा असित घिमिरेले ट्रु डर्माको स्तरीय प्रोडक्ट बजारमा ल्याएको संस्थाले नै ट्रुमीका हेयरकेयर सामग्री लन्च गरेकाले यसमा विश्‍वास गर्न सकिने बताए।

‘ट्रुमीका उत्पादनहरु नयाँ हुन् तर भरपर्दा छन् ,’ उनले भने।