आजको मौसम पूर्वानुमान : मधेश र कोशीमा भारी वर्षासहित हावाहुरी चल्ने



बिजमाण्डू
२०८० असोज ५ गते ०६:२२ | Sep 22, 2023
आजको मौसम पूर्वानुमान : मधेश र कोशीमा भारी वर्षासहित हावाहुरी चल्ने

काठमाडौं । शुक्रबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरु मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। 

Tata
GBIME
Zonsen

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनर चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। मधेश र कोशी प्रदेशको तराई भूभागका एक दुई स्थानमा हावा हुरीको सम्भावना रहेको छ।

यस्तै, आज राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेशहरूमा सामान्य बदली र बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ। कोशी, मधेश, बागमती र  गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। कोशी र मधेश प्रदेशको एक दुई स्थानमा भने मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।