कांग्रेसको केन्द्रीय समितिमा थपिए ८ जना, पूर्णता दिन अझै २ जना मनोनीत गर्नुपर्ने

बिजमाण्डू
२०८० असोज ४ गते १५:०७ | Sep 21, 2023
कांग्रेसको केन्द्रीय समितिमा थपिए ८ जना, पूर्णता दिन अझै २ जना मनोनीत गर्नुपर्ने


काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समितिमा ८ सदस्य थपिएका छन्। पार्टी सभापति शेरबहादुर देउवाले बिहिबार मानबहादुर विश्वकर्मा, अर्जुनप्रसाद जोशी, डा. चन्द्र भण्डारी, शिवप्रसाद हुमागाईं, किरणराज शर्मा पौडेल, भरतकुमार शाह , शारदा पौडेल र अनिलकुमार रुंगटालाई केन्द्रीय सदस्य मनोनीत गरेका हुन्।

Tata
GBIME

यो मनोनयनसँगै कांग्रेसको केन्द्रीय समिति १ सय ६५ सदस्यीय भएको छ। केन्द्रीय समितिमा अझै २ पद खाली छ। १४ औं महाधिवेशनमा भण्डारी उपसभापति र विश्वकर्मा सहमहामन्त्रीमा पराजित भएका थिए।

देउवाले मनोनित गरेका ८ जनामध्ये भण्डारी र शारदा पौडेल संस्थापनइत्तर पक्षका नेता डा. शेखर कोइराला पक्षका हुन्।

जोशी र हुमागाईं केन्द्रीय समितिमा पुरानै अनुहार हुन्। किरणराज शर्मा पौडेल यसअघि आमन्त्रित केन्द्रीय सदस्य थिए। पर्साका रुंगटा उद्योगी हुन्।