
काठमाडौं। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। सोही मौसमी प्रणालीका कारण हाल लुम्बिनी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
त्यस्तै, हाल बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ।
महाशाखाका अनुसार बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
बुधबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी र गण्डकी प्रदेशको एक/दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।