ग्रीभ्सका एम्पीयर इलेक्ट्रिक स्कुटर नेपाली बजारमा‚ एकपटकको चार्जमा १०७ किलोमिटर



बिजमाण्डू
२०८० भदौ ३१ गते १३:३० | Sep 17, 2023
ग्रीभ्सका एम्पीयर इलेक्ट्रिक स्कुटर नेपाली बजारमा‚ एकपटकको चार्जमा १०७ किलोमिटर

काठमाडौं। भारतको ग्रीभ्स कपास एण्ड कम्पनीको छाताअन्तर्गतको ग्रीभ्स इलेक्ट्रिक मोबिलिटीका एम्पीयर इलेक्ट्रिक स्कुटरहरु नेपाली बजारमा आएको छ। सुरुवातमा दुई माेडल ल्याइएको छ।

Tata
GBIME
Zonsen

ग्रीभ्सका एम्पीयर प्राइमस र एम्पीयर म्याग्नस एक्स स्कुटर केडिया इन्टरनेशनल प्रालिले नेपालमा ल्याएको हो। दुवै मोडलको बुकिङ खुलाइएको कम्पनीले जनाएको छ।

प्राइमसमा मामिड-माउन्ट गरिएको मोटर छ‚ जसले ४ किलोवाटको शक्तिशाली पीकपावर १५७ एनएमको प्रभावशाली अधिकतम टर्क दिन्छ। यसमा ३ किलोवाट (४८ भोल्ट) को ब्याट्री छ। ५ घन्टामा फुल चार्ज हुने प्राइमसलाई पावरमोडमा एकल चार्जमा १०७  किलोमिटर चलाउन सकिन्छ। ७७ किमि/घन्टाको उच्चगति यो स्कुटर चलाउन सकिन्छ।  

यसमा ब्लुटुथ साथै एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर छ, जसले सवारलाई उनीहरूको औंलाको छेउमा आवश्यक जानकारी प्रदान गर्दछ। प्राइमसले अगाडिको भागमा डुअल हाइड्रोलिक टेलिस्कोपिक फोर्क सस्पेन्सन र डुअल एडजस्टेबल रियर सस्पेन्सनसहित सुरक्षित र आरामदायी यात्राको ग्यारेन्टी दिन्छ।

मोटर र ब्याट्रीमा ३ वर्ष वा ३० हजार किमि वारेन्टी छ। यो स्कुटरको मूल्य ३ लाख ५९ हजार ९९९ रुपैयाँ छ।

यस्तै एम्पीयर म्याग्नस एक्समा  १.८किलोवाट पीकपावर र ८६ एनएम अधिकतम टर्क भएको हब-माउन्टेड (बीएलडीसी) मोटर छ। २.३ किलोवाटको लिथियम-आयन ब्याट्री ५ घण्टामा पूर्णरूपमा चार्ज हुन्छ। ५५ किमि उच्च गतिमा साथ चलाउन सकिने यो स्कुटर एक पटकको चार्जमा १०० किमि चलाउन सकिन्छ।

अगाडि दोहोरो हाइड्रोलिक टेलिस्कोपिक फोर्क सस्पेन्सन छ। मोटर र ब्याट्रीमा ३ वर्ष वा ३० हजार किमि वारेन्टी रहेको बिक्रेता कम्पनीले जनाएको छ। एम्पीयरका स्कुटरमा पहिलो लटका लागि कम्पनीले मूल्य केही छुट गरेको छ। म्याग्नस एक्स२ लाख ७४ हजार ९९९ र प्राइमसलाई ३ लाख २४ हजार ९९९ पर्ने कम्पनीले जनाएको छ।