राष्ट्र संघ महासभामा भाग लिन अमेरिका उड्नुअघि प्रधानमन्त्री दाहाल पुगे शितलनिवास

बिजमाण्डू
२०८० भदौ ३० गते १३:५० | Sep 16, 2023
राष्ट्र संघ महासभामा भाग लिन अमेरिका उड्नुअघि प्रधानमन्त्री दाहाल पुगे शितलनिवास


काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शितल निवास पुगेका छन्। अमेरिकाका लागि प्रस्थानअघि प्रधानमन्त्री दाहाल राष्ट्रपति भवन शीतलनिवास पुगेका हुन्।

Tata
GBIME
NLIC

भेटमा प्रधानमन्त्री दाहालले अमेरिकाको न्युयोर्कमा हुने आसन्न संयुक्त राष्ट्र संघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणबारे जानकारी गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए।

उक्त भेटमा समसामयिक विषयमा पनि छलफल भएको जनाइएको छ।

प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्र संघको सभामा सहमागी हुन शनिबार अमेरिका प्रस्थान गर्दैछन्। त्यहीँबाट प्रधानमन्त्रीको टोली असोज ५ गते चीन उड्नेछन्।

प्रधानमन्त्री दाहालले आफ्नो विदेश भ्रमणबारे शुक्रबार सदनलाई जानकारी दिएका थिए।