आज कुशे औँसी, गोकर्णेश्वर पुगेर तर्पण दिने र स्नान गर्नेको भिड

प्रविण रानाभाट
२०८० भदौ २८ गते ११:१९ | Sep 14, 2023
आज कुशे औँसी, गोकर्णेश्वर पुगेर तर्पण दिने र स्नान गर्नेको भिड


काठमाडौं । आज भाद्र कृष्ण औँशी अर्थात् बाबुको मुख हेर्ने दिन। बिहानैदेखि उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिरमा भक्तजनको घुइँचो लागेको छ।

Tata
GBIME

आज बाबु दिवंगत भएका भक्तजनले गोकर्णेश्वर महादेव मन्दिरमा पुगेर स्नान गर्ने गर्छन्।

गोकर्णेश्वरमा तर्पण, सिदा दान र पिण्ड दान गर्नाले पितृहरु तर्छन् भन्ने धार्मिक विश्वास छ।

यही धार्मिक विश्वासका कारण हरेक वर्ष भाद्र कृष्ण औँशीको अघिल्लो दिन बिहानैदेखि वैदिक सनातन हिन्दू र बौद्ध धर्मावलम्बीको समेत गोकर्णेश्वर मन्दिर परिसरमा घुइँचो लाग्ने गर्छ।