हुन्डाईको फेस्टिभ डिलाइट २०८० को बम्पर प्राइजमा एसयुभी एक्स्टर, गाडी खरिदमा ६ लाखसम्मको छुट

बिजमाण्डू
२०८० भदौ २८ गते ०९:१२ | Sep 14, 2023
हुन्डाईको फेस्टिभ डिलाइट २०८० को बम्पर प्राइजमा एसयुभी एक्स्टर, गाडी खरिदमा ६ लाखसम्मको छुट


काठमाडौं। हुन्डाई नेपालको फेस्टिभ डिलाइट २०८० बम्पर प्राइज सार्वजनिक भएको छ। हुन्डाइको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले बम्पर प्राइजमा नाडा अटो शोमा लन्च गरिएको ‘ एसयुभी एक्स्टर’ दिने घोषणा गरेको हो।

Tata
GBIME

हुन्डाई नेपालले भदौ २१ यो योजना सार्वजनिक गरेको थियो। त्यसै योजना अन्तर्गत बम्पर प्राइजमा एक्स्टर दिने कम्पनीले जनाएको हो।

हुन्डाई फेस्टिभ डिलाइट २०८० अन्तर्गत कुनै पनि हुन्डाई गाडीको खरिदमा ६ लाखसम्मको आकर्षक नगद छुट, स्क्राच कार्ड मार्फत थप एक लाखसम्मको नगद छुटका साथै एक वर्षको लागि निःशुल्क सवारी बीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

आफ्ना ग्राहकहरुको सन्तुष्टिको निमित्त हुन्डाइले सधै समय सापेक्षिक ग्राहक लक्षित योजनाहरु सार्वजनिक गर्दै आइरहेको छ। यही क्रममा फेस्टिभ डिलाइट २०८० योजना अन्तर्गत बम्पर प्राइजमा हुन्डाई एक्स्टर प्राप्त गर्न सकिने कम्पनीले जनाएको हो।

नाडा अटो शो २०२३ मा हुन्डाईको बी ५ स्टल भ्रमण गरेर ग्राहकहरुले हुन्डाईका विभिन्न उत्पादनहरुबारे बुझ्न सकिने कम्पनीले जनाएको छ। सबै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ उपलब्ध छ।

यो योजना छठ पर्वसम्म लागू हुनेछ।