आजको मौसम : दिनभर बदली, यी प्रदेशमा वर्षाको सम्भावना

बिजमाण्डू
२०८० भदौ २८ गते ०६:४२ | Sep 14, 2023
आजको मौसम : दिनभर बदली, यी प्रदेशमा वर्षाको सम्भावना


काठमाडौं । बिहीबार बिहान देशभर आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशको एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको भइरहेको छ।

Tata
GBIME

आज दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरू लगायत देशका  पहाडी भू भागका थोरै स्थानहरूमा र बाँकी भूभागका  एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम  वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

यस्तै, आज राति कोशी,  मधेश,  बागमती, गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।