होटल व्यवसायी सभा/सम्मेलन तथा विवाह गन्तव्य प्रवर्धनको रणनीतिमा, भदौ ३१ गते बैठक

बिजमाण्डू
२०८० भदौ २७ गते १९:४२ | Sep 13, 2023
होटल व्यवसायी सभा/सम्मेलन तथा विवाह गन्तव्य प्रवर्धनको रणनीतिमा, भदौ ३१ गते बैठक


काठमाडौं। होटल व्यवसायीहरु मेला, सभा/सम्मेलन तथा विवाह गन्तव्य प्रवर्धनको रणनीति बनाउनतिर जुटेका छन्। यसका लागि होटल संघ नेपालले भदौ ३१ गते सरोकारवालासहितको छलफल राखेको छ।

Tata
GBIME
NLIC

त्यो छलफलमा आउने सुझावका आधारमा रणनीति बनाउने संघले जनाएको छ। ‘अन्तर्राष्ट्रियस्तरको मेला, सभा/सम्मेलनसँगै व्यापार व्यवसाय प्रवर्धनका लागि विदेश भ्रमणमा पठाउने प्रचलन भारत र चीनमा बढ्दै गएको छ’, संघले जारी गरेको विज्ञप्‍तिमा भनिएको छ, ‘भारत लगायत देशबाट वर्षेनि हजारौंको संख्यामा विवाह गर्ने जोडी र उनीहरुको परिवारका सदस्य नेपाल आउने क्रम बढेको छ। त्यस्तालाई थप प्रोत्साहित गर्न संघले सरोकारवालाको सुझाव लिन लागेको हो।’

पहाडी तथा तराइका गन्तव्य, ट्रेकिङ क्षेत्र र धार्मिक तथा सांस्कृतिक सम्पदालाई समेटेर मेला, सभा/सम्मेलन, विवाह गन्तव्य भ्रमणको आकर्षक प्याकेज बनाउन सकिने संघले जनाएको छ।

यसबारे छलफलका लागि संघले होटल व्यवसायीका साथै सरकारी अधिकारी,विज्ञ, टुर अपरेटर लगायतलाई बोलाएको छ।