आजको मौसम : दिउँसो बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा वर्षाको पूर्वानुमान

बिजमाण्डू
२०८० भदौ २४ गते ०६:३१ | Sep 10, 2023
आजको मौसम : दिउँसो  बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा वर्षाको पूर्वानुमान

काठमाडौं । आज बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली भई केही स्थानहरुमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बांकी प्रदेशहरुमा भने आंशिक देखी सामान्यतया बदली भई एक-दुई स्थानहरुमा हल्का वर्षा भइरहेको छ।

Tata
GBIME
NLIC

आज दिउँसो सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली र बांकी प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली  रहने महाशाखाले जनाएको छ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्यांग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको  छ। सुदूरपश्चिम प्रदेशको एक-दुई-स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाको मौसम बुलेटिनमा उल्लेख छ।

यस्तै, आज राती  लुम्बिनी,  गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै  स्थानमा मेघ गर्जन र चट्यांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै लुम्बिनी र  सुदूरपश्चिम प्रदेशको एक-दुई-स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।