सरकार आन्तरिक ऋण उठाउन केन्द्रित, दुई महिनामा पाँचौपटक १० अर्बको ऋणपत्र जारी गरिँदै

बिजमाण्डू
२०८० भदौ २२ गते ११:१३ | Sep 8, 2023
सरकार आन्तरिक ऋण उठाउन केन्द्रित, दुई महिनामा पाँचौपटक १० अर्बको ऋणपत्र जारी गरिँदै


काठमाडौं। सरकारले भदौमा दोस्रो पटक आन्तरिक ऋण उठाउन लागेको छ। आन्तरिक ऋण उठाउन नेपाल राष्ट्र बैंकले आइतबार १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्दैछ।

Tata
GBIME
NLIC

राष्ट्र बैंकले ६ वर्ष अवधिको विकास ऋणपत्र २०८६ ‘झ’जारी गर्न लागेको हो। बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था र सर्वसाधारण नागरिकसमेतले विकास ऋणपत्र खरिद गर्न सक्नेछन्।

ऋणपत्रको ब्याजदर बोलकबोलका माध्यमबाट निर्धारण हुनेछ। आइतबार दिउँसो ३ बजेसम्म बोलकबोल हुने ऋणपत्र भदौ २५ गते निस्कासन हुनेछ।

सरकारले साउनयता चार पटक ऋणपत्र जारी गरिसकेको छ। साउन १८ र २८ मा १०/१० अर्ब, साउन ३२ मा ५ अर्ब ८४ करोड र भदौ ९ गते पनि १० अर्ब रुपैयाँ उठाएको थियो। यो आर्थिक वर्ष २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने सरकारी लक्ष्य छ।