रियादमा नोक्सानी खेपेको निगमले दमाममा सुरु गर्‍यो उडान, पहिलो दिन अकुपेन्सी ८० प्रतिशत

बिजमाण्डू
२०८० भदौ २१ गते २०:०८ | Sep 7, 2023
रियादमा नोक्सानी खेपेको निगमले दमाममा सुरु गर्‍यो उडान, पहिलो दिन अकुपेन्सी ८० प्रतिशत


काठमाडौं। नेपाल वायुसेवा निगमले काठमाडौं-दमाम व्यावसायिक उडान सुरु गरेको छ। निगमले साउदी अरेबियाको रियाद उडान असफल त्यहींको अर्को सहर दमाममा उडान थालेको हो।

Tata
GBIME
NLIC

रियाद उडानमा यात्रु नपाएर १५ महिनामा करिब २६ करोड रुपैयाँ नोक्सानी बेहोरेको निगमले दमाम उडानमा भने पहिलो दिनमै यात्रु उल्लेख्य पाएको छ।

बुधबार पहिलो उडानमा काठमाडौंबाट १२६ यात्रु दमाम गएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए। दमामका लागि निगमले बुधबार राति १०:४० मा पहिलो उडान गरेको थियो। प्रवक्ता पौडेलका अनुसार निगमको ९ एन-एकेडब्लु कलसाइनको न्यारोबडी जहाजमा दमामबाट बिहिबार ११७ यात्रु काठमाडौं आएका छन्।

निगमले यो दमाममा बुधबार र शनिवार गरी साताको दुईवटा उडान गर्ने छ। यात्रुको चाप बढे उडान थप्ने निगमको योजना छ। यो गन्तव्यका लागि सुरुवाती भाडादर ३५ हजार रुपैयाँ छ।