
विराटनगर। टर्कीएको इस्तानबुलमा भइरहेको विश्व खाद्य प्रदर्शनीमा नेपालबाट कोशी प्रदेशका ३ उद्योगले सहभागिता जनाएका छन्।
प्रदर्शनीको ३१औं संस्करणमा रमपम र टुपिएम चाउचाउ तथा नुडल्सक र स्न्याक्सका उत्पादक एसियन थाई फुड्स, एसियन बिस्कुट एन्ड कन्फेक्सनरी र गुडलाइफ बेभरेज सहभागी भएका हुन्।
भदौ २० गतेबाट सुरु भएको प्रदर्शनी २२ गतेसम्म चल्नेछ।
उद्योगका सञ्चालक आशिष जाजूले प्रदर्शनीमा धेरैजसो युरोप र अफ्रिकाका व्यवसायी र अवलोकनकर्ताले भाग लिइरहेको बताए।
सञ्चालक जाजूले आफ्ना तीन वटै उद्योगका उत्पादनहरू व्यवसायी र अवलोकनकर्ताले रुचाएको जिकिर गरे।
जाजूले प्रदर्शनीको उपलब्धिका रूपमा तीन वटै उद्योगले अमेरिकामा निर्यात बढाउने र अफ्रिकामा सुरु गर्ने जानकारी दिए।