
काठमाडौं। कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण भएको छ। भृकुटीमण्डपस्थित रिपोटर्स क्लबमा बुधबार दिउँसो उनीमाथि खुकुरी प्रहार भएको हो।
क्लबमा उनी एक साक्षात्कार कार्यक्रममा सहभागी थिए। उनी क्लबबाट बाहिरबाट आएको बेला एक व्यक्तिले खुकुरी प्रहार गरेका हुन्। यादवलाई ट्रमा सेन्टर लगिएको छ।
घटनामा एक जना पक्राउ परेका छन्।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।