‘जवान’ रिलिजअघि सुस्तायो ‘गदर २’को बक्स अफिस कलेक्सन, ‘पठान’ र ‘बाहुबली २’लाई जित्ला?

बिजमाण्डू
२०८० भदौ २० गते ०८:१६ | Sep 6, 2023
‘जवान’ रिलिजअघि सुस्तायो ‘गदर २’को बक्स अफिस कलेक्सन, ‘पठान’ र ‘बाहुबली २’लाई जित्ला?


‘गदर २’को बक्स अफिस कलेक्सन २६औँ दिनमा आएर सुस्ताएको छ। सनी देओल र अमिषा देओल स्टारर फिल्म ‘गदर २’को कमाइ शाहरुख खानको ‘जवान’ रिलिज हुनै लाग्दा सुस्त बनेको हो।

Tata
GBIME
NLIC

दर्शकहरू शाहरुख खानको ‘जवान’को लागि तयार रहँदा ब्लकबस्टर ‘गदर २’को कमाइ सोमबारदेखि सुस्त भएको भारतीय सञ्‍चारमाध्यमले उल्लेख गरेका छन्। स्याकनिल्क डट कमको रिपोर्टअनुसार ‘गदर २’ले मंगलबार २.६ करोड भारु कमाएको छ।

अनिल शर्मा निर्देशित ‘गदर २’ले हालसम्म ५०६.२७ करोड भारु कमाएको छ। यसले चौथो आइतबार ५०० करोड भारुनाघेको छ।

अब ‘गदर २’ले शाहरुख खानको ‘पठान’ (५४३ करोड भारु) र एसएस राजामौलीको निर्देशनमा बनेको ‘बाहुबली : द कन्क्लुजन’ (५१०.९९ करोड भारु) को हिन्दी संस्करणको घरेलु बक्स अफिस कलेक्सनलाई पछि पार्ने लक्ष्य राखेको छ। तर बिहीबार हलहरुमा रिलिज हुने शाहरुख खानको ‘जवान’ भन्दा अगाडि ‘गदर २’को कमाइ सुस्ताएकाले यो उपलब्धि हासिल गर्न सक्षम हुन्छ या हुँदैन भने हेर्न बाँकी छ।