तोलामा ४ सय बढ्दा सुनको मूल्य महिनाकै उच्च‚ चाँदीमा झिनो बढोत्तरी

बिजमाण्डू
२०८० भदौ १८ गते १२:०७ | Sep 4, 2023
तोलामा ४ सय बढ्दा सुनको मूल्य महिनाकै उच्च‚ चाँदीमा झिनो बढोत्तरी


काठमाडौं। साताको दोस्रो दिन तोलामा ४ सय रुपैयाँ बढ्दा सुनको कारोबार मूल्य महिनाकै उच्च भएको छ। चाँदीमा झिनो बढोत्तरी छ।

Tata
GBIME

सोमबार सुनको कारोबार मूल्य प्रतितोला १ लाख १३ हजार रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। गत शुक्रबारका तुलनामा साताको पहिलो दिन तोलामा एक सय रुपैयाँ मात्रै बढेको थियो।

चाँदी आइतबारका तुलनामा ५ रुपैयाँको बढोत्तरीपछि तोलाको १४ सय ६५ रुपैयाँ भएको छ। गत शुक्रबार भन्दा १० रुपैयाँ घटेर आइतबार १४ सय ६० रुपैयाँ भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९४४.८६ डलर पुगेको छ। आइतबार १९४०.१३ डलरले कारोबार भएको थियो।

चाँदी प्रतिऔंस २४.२१ डलरले कारोबार भइरहको छ। आइतबार २४.१८ डलर थियो।