सुनचाँदीको कारोबार मूल्यमा सामान्य गिरावट‚ सुन तोलामा ३ सय घट्यो

बिजमाण्डू
२०८० भदौ १५ गते १२:३० | Sep 1, 2023
सुनचाँदीको कारोबार मूल्यमा सामान्य गिरावट‚ सुन तोलामा ३ सय घट्यो


काठमाडौं। साताको अन्तिम दिन सुनचाँदीको मूल्यमा सामान्य गिरावट छ। सुन तोलामा ३ सय र चाँदी १० रुपैयाँ घटेको छ।शुक्रबार सुनको कारोबार मूल्य प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
GBIME

यसअघि बिहीबार तोलाको १ लाख १२ हजार ८ सय रुपैयाँ थियो। उक्त मूल्य चालु महिनाकै उच्च थियो।

चाँदी तोलाको १४ सय ७० रुपैयाँ भएको छ। बिहीबार १४ सय ८० पुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदी मूल्यमा क्रमिक बढोत्तरी देखिए पनि धेरै फराकिलो अंकको घटबढ छैन। साताको सुरु गत आइतबार प्रतिऔंस १९१४.८९ डलर चलेको सुन शुक्रबार १९३८.७८ डलरले कारोबार भइरहेको छ। गत मंगलबार कारोबार मूल्य १९२३.४४ डलर थियो।

चाँदी शुक्रबार प्रतिऔंस २४.४३ डलर छ। गत मंगलबार २४.३२ डलर थियो।