
काठमाडौं । आज सापारु। आजको दिन दिवंगत भएका आफन्तहरुको सम्झनामा नेवार समुदायले साया: (गाईजात्रा) निकाल्ने परम्परा रहेको छ।
काठमाडौंमा बालबालिकालाई प्रतीकात्मक रुपमा गाई वा अन्य केही रुप दिएर नगर घुमाउने चलन रहेको छ। भक्तपुरमा भने छुट्टै किसिमले गाई जात्रा मनाइन्छ। तिथि विवादका कारण काठमाडौंमा शुक्रबारमात्रै गाईजात्रा मनाइँदैछ। भक्तपुरमा भने आजै गाईजात्रा मनाइयो।

भक्तपुरमा ताहामचा निकालेर गाईजात्रा मनाइन्छ। जात्रा समापनका क्रममा साँझ परालबाट बनेको ताहमाचा र त्यससँगै भैरव नाथसमेत निकालिने प्रचलन छ।

गाईजात्राको अवसरमा सुन प्रकरण, ललिता निवास लगायतका प्रकरणबारे व्यङ्गात्मक झाँकीसमेत प्रस्तुत गरिएको थियो।









