जोहानेसवर्गको एक भवनमा आगलागी हुँदा ६३ जनाको मृत्यु, उद्धार र खोजीकार्य जारी

बिजमाण्डू
२०८० भदौ १४ गते १३:११ | Aug 31, 2023
जोहानेसवर्गको एक भवनमा आगलागी हुँदा ६३ जनाको मृत्यु, उद्धार र खोजीकार्य जारी
Photo : Reuters


दक्षिण अफ्रिकाको जोहानेसवर्गस्थित एक भवनमा आगो लाग्दा ६३ जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार सो घटनामा ४० जनाभन्दा बढी घाइते भएका छन्।

Tata
GBIME

अधिकारीहरुले आगलागी के कारण फेला पर्न नसकेको बताएका छन्। मृतकको संख्या थप बढ्न सक्ने जनाइएको छ।

दक्षिण अफ्रिकाको आपत्कालीन सेवाका प्रवक्ता रोवर्ट मुलाजीले आगलागी भएको भवनबाट अग्नी नियन्त्रकहरुले केही व्यक्तिहरुको उद्धार गर्न सफः भएका छन्।  भवनमा अझै मानिस फसिरहेको हुन सक्ने भन्दै खोजी जारी रहेको उनले बताए।

‘हामी प्रत्येक तलामा गएर आगो निभाउने प्रयासमा छौं,’ उनले भने।